५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन, गत बर्षको तुलनामा एक प्रतिशतले कमी

पौष १८, काठमाण्डौँ । यो बर्ष ५५ लाख ५० हजार मेट्रिक टन धान फलेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । गत वर्षको तुलनामा १ प्रतिशतले कमी रहेको समेत बताईएको छ ।

गत आर्थिक वर्ष २०७५र७६ मा अहिलसम्मकै सर्वाधिक ५६ लाख १० हजार मेट्रिक टन धान फलेको थियो । ढिला मनसुनका कारण समयमा रोपाइँ हुन नसकेको, किराको प्रकोप र बीऊबिजनका समस्याका कारण धानको उत्पादन गत वर्षको भन्दा ५९ हजार मेट्रिक टन घटेको मन्त्रालयले जनाएको छ ।

यो पनि हेर्नुहोस्

धादिङमा धान उत्पादनमा ह्रास

धान खेती हुने जग्गामा घर बनाउने क्रमले धान खेतको क्षेत्रफल २ दशमलव २० प्रतिशतले घटेको छ । गत वर्ष १४ लाख ९१ हजार हेक्टरमा धान खेती भएकोमा यो वर्ष १४ लाख ५८ हजार हेक्टरमा मात्र धान खेती भएको छ । यो वर्ष सबै भन्दा धेरै प्रदेश २ मा १४ लाख २० हजार मेट्रिक टन धान उत्पादन भएको छ । त्यस्तै, सबैभन्दा थोरै कर्णाली प्रदेशमा १ लाख ३४ हजार मेट्रिक टन धान फलेको छ ।

संम्बन्धित समचार

Leave a Comment