हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाको शव काठमाडौं ल्याईयो

भाद्र २४,काठमाडौँ । नुवाकोटको म्यागङ गाउँपालिकामा शनिबार दुर्घटना भएको हेलिकप्टर हुँदा ज्यान गुमाउनेको शव आइतबार काठमाडौं ल्याइएको छ ।

शनिबार राति घटनास्थलबाट शव उद्धार गरी आइतबार बिहान मात्र त्रिशूली ल्याइएको थियो । त्रिशूलीमा ल्याएका ६ वटै शव तीन वटा हेलिकप्टरबाट काठमाडौं ल्याइएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए ।

प्रतिकुल मौसमको कारण घटनास्थल नजिक हेलिकप्टर लैजान समस्या भएपछि त्रिशूलीसम्म ट्रकमा शव ल्याएर हेलिकप्टरमा काठमाडौं ल्याइएको हो ।

गोरखाको सामागाउँबाट काठमाडौंको लागि उडेको हेलिकप्टर शनिबार बिहान ८ बजे नुवाकोटको म्यागङ गाउँपालिका–१ बर्सुन्चेतको मैलुङ पाखाको भीरमा दुघर्टना हुँदा ६ जनाको ज्यान गएको थियो । दुर्घटनामा परेकी एक महिलाको जिवितै उद्धार गरिएको थियो ।

संम्बन्धित समचार

Leave a Comment