श्रम मन्त्रालय अत्याधुनिक बन्दै, संयुक्त सर्भरको औपचारिक शुभारम्भ भोली

भाद्र २४,काठमाडौँ । वैदेशिक रोजगारीलाई व्यवस्थित, विश्वासिलो र मर्यादित बनाउने उदेश्यसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अत्याधुनिक बन्ने भएको छ । मन्त्रालयले गृह र परराष्ट्र को सहकार्यमा संयुक्त इन्टरनेट सर्भर सञ्चालनमा ल्याउन लागिएको हो ।

सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले संयुक्त सर्भरको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम तय भएको मन्त्री विष्टका प्रेस सहयोगी मदन खनालले अनलाईन केन्द्रलाई जानकारी दिए । भोलिदेखि औपचारिक सुरु भए पनि असोज १ गतेदेखि पूर्ण रुपमा सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभाग, परराष्ट्र मन्त्रालयको राहदानी विभाग र कन्सुलर सेवा विभागसँग श्रम तथा रोजगार मन्त्रालयको सर्भर लिङ्क गरिएको छ । संयुक्त सर्भर लिङ्कलाई विदेशका सबै नियोगको सर्भरमा जोड्ने तयारी छ ।

यसबाट विदेशमा कार्यरत कुनै नेपालीलाई केही समस्या पर्यो भने तत्काल समस्या समाधानमा सहयोग पुग्ने सरकारको विश्वास छ । यस्तै कुन देशमा कति नेपाली कामदार कार्यरत छन् भन्ने यकिन तथ्याँक पनि थाहा हुनेछ ।

वैदेशिक रोजगारीसँग सम्बन्धित सबै सरकारी निकाय र विदेशस्थित नियोगका सूचना र जानकारी एउटै सर्भरमा जोड्ने काम सकिएको श्रम मन्त्रालयले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Comment