विद्यालयहरू अब बन्द नहुने, सुरक्षा मापदण्ड पुरा गरेर सञ्चालन गर्न पाइने

कार्तिक २९, काठमाडौं । कोभिड–१९ महामारीका कारण बन्द रहेका विद्यालयहरू स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलद्वारा २० कात्तिकमा स्वीकृत ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा’ मा प्रदेश र स्थानीय तहले कोरोनाको अवस्था हेरेर विद्यालय सञ्चालन गर्न सकिने उल्लेख छ ।

‘प्रदेश सरकार तथा स्थानीय तहहरूले आफ्नो क्षेत्रका विद्यालयमा बालबालिकाको सुरक्षा, महामारीको संक्रमणबाट बचावट र सहज सिकाइ वातावरण तयारी गर्ने लगायतका विषयमा स्थानीय आवश्यकता अनुकुल रणनीति तयार गरी थप क्रियाकलापहरू गर्न सक्ने गरी आधारभूत क्रियाकलापहरू यस कार्यढाँचामा समेटिएको छ’ कार्यढाँचामा भनिएको छ ।

संम्बन्धित समचार

Leave a Comment