इन्डियन प्रिमियर लिग आइपीएल टी–२० क्रिकेटमा अब १० टिमबीच भिडन्त हुने

पुस १०, काठमाडौ । इन्डियन प्रिमियर लिग आइपीएल टी–२० क्रिकेटमा अब १० टिमबीच भिडन्त हुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको बिहीबार बसेको ८९ औं साधारण सभाले आईपीएलमा दुई टिम थपेर १० टिम बनाउने निर्णय भएको हो ।
बैठकले सन् २०२१ को प्रतियोगितामा ८ टिम नै हुने र सन् २०२२ देखि १० टिम बनाउने निर्णय गरेको हो । बिहीबार अहमदाबादको मोटेरा स्टेडियममा भएको बैठकले बीसीसीआई अध्यक्ष सौरभ गांगुलीलाई आईसीसी बोर्डमा निर्देशक बनिरहने फैसलासमेत गरेको छ ।

 

संम्बन्धित समचार

Leave a Comment