शेयर कारोबार रकममा ऐतिहासिक रेकर्ड : बिहीबार नेप्से परिसूचक १६.५५ अंक घट्यो !

माघ १५, काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १६.५५ अंकले घटेको छ भने यता शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन रू. ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार बराबरको २ करोड २१ लाख ५३ हजार कित्ता शेयर कारोबार भएको हो । बिहीबार नेप्से घटेपछि २ हजार ४२५.२९ विन्दुमा झरेको छ । त्यसैगरी, सेन्सेटिभ इन्डेक्स भने ४.३२ अंक घटेर ४४२.०६ विन्दुमा बन्द भएको छ ।

बुधबार सर्किट लेभलमा बढेको कम्पनीको मूल्य बिहीबार २ दशमलव ५७ प्रतिशत घटेको हो । बिहीबार निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३.३८ प्रतिशतले बढेको छ । यो दिन उत्पादन तथा प्रशोधनको २.८२ प्रतिशत र लघुवित्तको २.१४ प्रतिशतले परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ ।

बिहीबार सगरमाथा इन्स्योरेन्स र सूर्योदय लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सपोर्ट माइक्रोफाइनान्सको ९.९८ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको ९.९७ प्रतिशत, प्रभु लाइफ इन्स्योरेन्सको ९.९७ प्रतिशत, एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य ९।७८ प्रतिशत र सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.४७ प्रतिशत बढेको छ ।

बैंकिङ समूहको सर्वाधिक २.३४ प्रतिशत परिसूचक घटेको हो भने व्यापारिकको ०.१७ प्रतिशत, होटलको १.२७ प्रतिशत, विकास बैंकको १.७२ प्रतिशत, जलविद्युतको १.२१ प्रतिशत, वित्तको १।५५ प्रतिशत, अन्यको ०.५७ प्रतिशत, जीवन बीमाको ०.२४ प्रतिशत र म्युचुअल फण्डको १.७९ प्रतिशत परिसूचक घटेको हो ।

संम्बन्धित समचार

Leave a Comment