बेलकोटगढीनगरमा रहेको लक्ष्मेश्वरी माबिका हाप्किडो खेलाडीलाई ५० सेट ड्रेश निःशुल्क वितरण !

चैत्र ४, नुवाकोट । लक्ष्मेश्वरी माध्यमिक बिद्यालयका खेलाडीहरुलाई पुनः ५० सेट हाप्किडो ड्रेश निःशुल्क वितरण गरिएको छ । नुवाकोट जिल्ला मार्शल आर्ट्स हाप्किडो संघ, बेलकोटगढि नगरपालिका वडा नम्बर ३ मा रहेको शाखा डोजाङ लक्ष्मेश्वरी मा.वि. का खेलाडीहरुलाई ५० सेट हाप्किडो ड्रेश निशुल्क वितरण गरिएको हो । खेल र खेलाडीहरुलाई माया र हौसला स्वरुप खुला हृदयले बिभिन्न ब्यक्तिहरुले ड्रेस सहयोग गरेका छन् ।

१.नमराज पान्डे-बेलकोटगढि.न.पा,वडा .न.१३-(२० सेट-रु १३०००/-)
२.भैरव कार्कि -पन्चकन्य गाउँपालिका-(रु.५०००/-)
३.राजन शिलवाल-बेलाकोटगढि न.पा,वडा .न.१०(रु.६५००/-)
४.श्याम ढुंगाना – बेलकोटगढि न.पा वडा न.१३-(रु.५०००/-)
५.दिपक सुवेदी – बेलकोटगढि न.पा.वडा .न.४-(रु.३२५०)

सहयोग गर्ने सहयोगि मनहरुमा नुवाकोट जिल्ला हाप्किडो संघका सम्पुर्ण कार्यसमिति तथा सम्पुर्ण खेलाडीहरुको तर्फबाट धन्यवाद ज्ञापन गरिएको बागमती प्रदेश उपाध्यक्ष तथा नुवाकोट हाप्किडो जिल्ला अध्यक्ष मनोज लामाले बताए । ड्रेस उपलब्ध गराउन विशेष सुमन घिमिरेले बिषेश पहल गरेका थिए । बितरण समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु पनेरु, नेपालको लागि स्वास्थ्य र शिक्षा नामक संस्थाका अध्यक्ष तथा समाजसेवी जगत बहादुर लामा, विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार पुडासैनी, वडा ३ का अध्यक्ष जनक कुमार घिमिरे, बागमती प्रदेश उपाध्यक्ष तथा नुवाकोट जिल्ला अध्यक्ष मनोज लामा,केन्द्रीय सहयाक प्रशिक्षक प्रबिण गुरुङ,नुवाकोट हाप्किडो संघ सचिव विकास गुरुङ,सदस्य सुमन गुरुङ, सदस्य सुमन घिमिरे,सहयोगी स्थानीय समाज सेवि युवा हरि गुरुङ,शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

 

संम्बन्धित समचार

Leave a Comment