किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा २ जना पक्राउ

चैत्र ११, बुटवल । दुईजना किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा रुकुम पूर्वमा दुईजना युवक पक्राउ परेका छन् ।

जिल्लाकै १४ र १५ वर्षका दुई किशोरीलाई अपहरण गरी शरीर बन्धक बनाई करणी गरेको आरोपमा रुकुम पूर्वका २३ र १४ वर्षका युवक पक्राउ परेका हुन् ।

१ गते घरबाट हराएका ती किशोरीहरु ९ दिनसम्म पनि परिवारको सम्पर्कमा नआएपछि सोमबारमात्रै प्रहरीमा आफन्तको निवेदन परेको र लगत्तै खोजलतास गर्दा रुकुमकोटबाट उनीहरु पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले बताए । दुईजना किशोरीलाई २३ वर्षीय युवकको कोठामा बन्धक बनाएर जबरजस्ती करणी गरेको अवस्थामा फेला पारी उद्दार गरिएको प्रहरीले जनाएको छ ।

चैत १ गते अपहरण गरेर कोठामा बन्धक बनाएर राखेको दिनबाटै किशोरीहरुमाथि करणी हुँदै आएको अनुसन्धानबाट खुल्न आएको डीएसपी श्रेष्ठले बताए । पक्राउ परेका दुई जनामाथि अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ ।

 

 

संम्बन्धित समचार

Leave a Comment