आजको मौसम आजबाट मौसम बदली हुने

जेठ १०, काठमाडौं । पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय क्षेत्र आजबाट चक्रवातमा परिणत हुने र यसको असर पर्ने सम्भावना रहेको छ । चक्रवातका कारण हिमपात, वर्षा तथा हावाहुरीसमेत आउने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।

देशका धेरै स्थानमा बुधबारबाट केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा र बिहीबार कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । उच्च हिमाली भू–भागमा हिमपात र वर्षाको सम्भावना रहेकाले पर्वतारोहिहरूलाई सतर्क रहन मौसमविद् पौडेल आग्रह गर्छन ।

संम्बन्धित समचार

Leave a Comment