आजको मौसम : केही स्थानमा भारी वर्षाको सम्भावना !

साउन ९, काठमाण्डौ । आज र भोलि ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् । पानी पार्ने न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ सरेकाले आज र भोलि ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार दिउँसो घाम लागेर गर्मी हुने भएकाले बेलुकातिर स्थानीय वायुको प्रभावका कारण मेघगर्जन र चट्याङ्गसहित देशका केही ठाउँमा सामान्य पानी भने पर्न सक्छ। तर ठूलो वा लगातार झरी पर्ने सम्भावना भने छैन।

आउने सोमबार बेलुकादेखि भने मनसुन थप सक्रिय हुँदै जाने उनले बताए । सोमबार बेलुकादेखि विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ । शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ। बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

संम्बन्धित समचार

Leave a Comment