फेरी बढ्यो सुनको मुल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

साउन १५, काठमाडौ । नेपाली बजारमा केही दिन यता सुनको मुल्य बढ्ने क्रम जारी रहेको छ । बिहीबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा खरिद बिक्रि भएको छापावाल सुनको मुल्य आज ५ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । हिजो ९१ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो । यसैगरी, आज चाँदीको मुल्य पनि १५ रुपैयाँले बढेको छ । महासंघको अनुसार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।

 

संम्बन्धित समचार

Leave a Comment