विमानस्थलमा किन रोकिए सलमान (भिडियो सहित)

भदौ ४, काठमाडौं । सलमान खान र कट्रिना कैफ आफ्नो फिल्म टाइगर थ्रीका लागि रुस प्रस्थान गरेका छन् । यी दुईलाई मुम्बई विमानस्थलमा देखिए । यो क्रममा विमानस्थलमा केन्द्रीय औद्योगिक सुरक्षा बलका एक जवानले अनुसन्धानका लागि सलमान खानलाई गेटमा नै रोकिदिए ।

विमानस्थलबाट एउटा भिडियो सार्वजनिक भएको छ । यो भिडियोमा सलमान खानलाई विमानस्थलतर्फ गइरहेको देख्न सकिन्छ । उनीसँग उनको टीम पनि छन् र फोटोग्राफरले उनको तस्बिर माग गरिरहेका छन् । सलमान दुई महिनाका लागि विदेश जान लागेको बताइन्छ ।

सलमान खान विमानस्थलको गेटतर्फ अघि बढ्छन् जहाँ टिकट र परिचयपत्रको अनुसन्धान चलिरहेको छ । यस्तोमा एक जवानले सलमान खानलाई भित्र जानबाट रोकिदिन्छन् । साथै उनले पापाराजीलाई पछि हट्न पनि भन्छन् । त्यसपछि सलमान टीमसँग उभिन्छन् ।

अब ती अधिकारको तारिफ सोसल मिडियामा भइरहेको छ । प्रयोगकर्ताका लागि ती जवान हिरो बनेका छन् जसले सलमान खानलाई सेलिब्रिटी नभई एक सर्वसाधारणको रुपमा व्यवहार गर्दै गेटमा अनुसन्धानका लागि रोके ।

सलमान खानसँग कट्रिना कैफ पनि मुम्बई विमानस्थलमा देखिइन् ।

 

 

संम्बन्धित समचार

Leave a Comment