दुईदिने अन्तराष्ट्रिय नेतृत्व सम्मेलन सम्पन्न ‘आर्थिक बिकास र शान्ति प्राथामिकता

भाद्र ४,काठमाण्डौ । अन्तराष्ट्रिय नेतृत्व सम्मेलनको तेस्रो सिरीज सम्पन्न भएको छ । आर्थिक बिकास र शान्तिको लागि कोरियाली प्रायदिपको पुनर्मिलनका सन्दर्भमा बिहिबार र शुक्रबार दुई दिने भर्चुअल सम्मेलन सम्पन्न भएको हो । कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलनको वाताबरण बनाउन युनिर्भसल पीस फडेरेसनको आयोजनामा थिक टयाँक २०२२ ग्लोबल फोरमले एशिया व्यासफिक स्तरिय नेतृत्व सम्मेलनमा तीन दर्जनभन्दा बढी राष्ट्रका हजारौ व्यक्तिले सहभागिता रहेको छ भने ४० भन्दा जना वक्ताहरूले दूई कोरियाबीचको पुनर्मिलनको सम्भाब्यताबारे बोलेका थिए ।

सम्मेलनमा बिभिन्न क्षेत्रका विज्ञहरूले सम्बोधन गदै कोरिया पुनर्मिलनको बारेमा ऐक्यबद्धता प्रकट गरेका थिए । भर्चुअल सम्मेलन मार्फत भएको अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलन र थिंक ट्यांक २०२२ ग्लोबल फोरमले कोरियाली प्रायद्वीपमा आर्थिक विकासको संभावनाहरु, एशियामा यसको प्रभाव र विश्व शान्ति को लागी भुमिकाको बारेमा सम्बोधन गरेका छन् । सम्मेलनमा नेपालका प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरियाली प्रायद्वीपको एकीकरणले कोरियाको प्रगतिमा मात्र योगदान पुर्याउछ भन्ने हैन पूर्वोत्तर एशिया र विश्वको शान्ति र समृद्धिलाई पनि सहयोग पु¥याउँने बताए । सम्मेलनमा पूर्वमन्त्री एकनाथ ढकालले कोरियाली प्रायदिपको शान्तिपुर्ण पूर्नमिलनको लागि सामाजिक अभियानहरू सञ्चालन गरेको बताउँदै दुबै कोरियाको एकिकरण बिस्तारै सम्भव बन्दै जाने बताए ।

युपीएफ एशिया प्यासफिकका अध्यक्ष समेत रहेका ढकालले दुवै देशका नेताहरूले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्वन्धलाई थप मजबुद बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेको बताउँदै यस्ता कार्यक्रम मार्फत कोरियाली प्रायदिपको पुर्नमिलनलाई सहयोग गर्ने बताए । संबिधानसभा सदस्य उदय नेपाली श्रेष्ठ लामो विभाजित र प्राविधिक रूपमा युद्धमा रहेका कोरियाली प्रायद्वीपका राष्ट्रहरूबिच शान्तिमय पुनर्मिलनको व्यावहारिक समाधान खोज्नका लागि आवश्यक रहेको बताए ।

सम्मेलनमा भारतीय जनता पार्टीका नेता बिजय जोली, बासिङटन टाइम्स्का अध्यक्ष म्याक डेबिट,नेपालका लागि पूर्व भारतीय राजदुत केबी राजन प्रोफेसर सिर्जना थापा लगायताका बत्ताहरुले बोलेका थिए । सम्मेलनलाई अग्रजी, नेपाली, रसियन, खमेर, थाई लगायत सात भाषामा अनुवाद गरिएको सम्मेलनको प्रत्यक्ष तथा बिभिन्न सामाजिक सञ्जालको माध्यमबाट लाखौ जनाको सहभागिता रहेको थियो । युनिभर्सल पीस फेडरेशन संयुक्त राष्ट्र संघको आर्थिक र सामाजिक परिषदसंग सामान्य परामर्श दाता एक गैर सरकारी संगठन हो ।

जसले अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलन र थिंक ट्यांक २०२२ ग्लोबल फोरमको माध्यमाबाट दुबै कोरियाको पूनमिलनको बिभीन्न आयामकोबारेमा बहस चलाउँदै आएको छ । आठओटा सत्रमा भएको सम्मेलनमा बिभिन्न क्षेत्रका बिषयगत बिज्ञहरुले आफ्नो धारणा राखेका छन् । यूपीएफको स्थापना सन २००५ मा। डा। सुन म्योङ मुन र उहाँकी धर्मपत्नी डा. हाक जा हान मुन ९जो अहिले विश्व शान्ती अभियान्को नेतृत्व गरिरहेका छन्।

संम्बन्धित समचार

Leave a Reply