आज सुनको मूल्य स्थिर

कात्तिक ५, काठमाडौँ । शुक्रबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा सुनको मूल्य स्थिर रहेको छ । बिहीबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम भएको हो ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ ।
गत बिहीबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले सस्तिँदै एक हजार २५० रुपैयाँमा कारोबार भएको हो ।

संम्बन्धित समचार

Leave a Comment