भोली सामलिङ्ग पावरको आइपिओ बाँडफाँड: २२ लाख आवेदकहरूको हात खाली हुने

कात्तिक १५,काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले कार्तिक ४ गतेदेखि कार्तिक ८ गतेसम्म निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड भोलि (कार्तिक १६ गते, मंगलबार) हुने भएको छ । उक्त आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालयमा बिहान ८:३० बजे हुनेछ ।

कम्पनीको आईपीओमा अन्तिम दिन सम्ममा २२ लाख ६५ हजार ६ सय ९८ जना आवेदकहरूले २ करोड ६९ लाख ३३ हजार ५ सय कित्ताका लागि आवेदन दिएका थिए । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ३९.६७ गुणा धेरै हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले उक्त आईपीओ गोलाप्रथाद्धारा बाँडफाँड गरिनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा ६७ हजार ८ सय ९० जना आवेदकहरूले मात्रै १० कित्ता सेयर प्राप्त गर्नेछन् । बाँकी करिव २२ लाख आवेदकहरूको भने हात खाली हुनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । सर्वसाधारणले बाँकी ६ लाख ७८ हजार ९ सय कित्ताका लागि आवेदन दिन पाउँथे ।

संम्बन्धित समचार

Leave a Comment