नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य समायोजन

मंसिर ६, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले बैंकको १२.६१ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको शेयरमूल्य ४०८ रुपैयाँ ४९ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । बैंकको शेयर पछिल्लो पटक ४६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

यस्तै, बैंकको ३५ औँ वार्षिक साधारण सभा मंसिर १७ गते दरबारमार्जस्थित केन्द्रिय कार्यालयमा बस्ने भएको छ । सभामा भिडियो कन्फरेन्समार्फत पनि सहभागि हुन सक्ने व्यवस्था गरिएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको १२.६१ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थसहित गरी ३.३८९ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव लगायत अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरसम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

संम्बन्धित समचार

Leave a Comment