काँग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आह्वान

पुस ७,काठमाडौँ । नेपाली काँग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा यही पुस १० गते पहिलो केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने १० गते बैठक बोलाउने भएपनि समय तय भइनसकेको बताए । त्यसअघि पुस ९ गते काँग्रेसको केन्द्रीय निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ ।

सोही दिन सभापति शेरबहादुर देउवाले पदभार ग्रहण गर्ने छन् । १४ औं महाधिवेशनबाट १३ जना पदाधिकारी १२१ जना केन्द्रीय सदस्य निर्वाचित हुने छन् । १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

यस्तै ८ सहमहामन्त्रीमा किशोरसिंह राठौर, भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय ९डिना०, जीवन परिवार, महेन्द्र यादव, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी र बद्री पाण्डे निर्वाचित भएका छन् । अहिलेसम्म पदाधिकारीसहित ९७ जनाको नजिता आएको छ ।

भोलि १ बजेसम्म सबै पदको मत गणना सक्ने र ९ गते प्रमाणपत्र वितरण गर्न तयारी भइरहेको निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले बताए । उनका अनुसार सानेपामा केन्द्रीय सदस्यको ३७ सिटको मत गणना जारी छ ।

संम्बन्धित समचार

Leave a Comment