छ्याङदी हाइड्रोपावरले फेरि ४० हकप्रद निष्काशन गर्ने

पुस १०, काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले फेरि हकप्रद निष्काशन गर्ने प्रस्ताव सहित आठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस ३० गते कम्पनीको केन्द्रिय कार्यालय गैह्रीधाराबाट अनलाइन मार्फत साधारण सभा बोलाएको हो ।

कम्पनीले भर्खरै नेपाल धितोपत्र बोर्डबाट हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ८ करोड २ हजार ५०० रूपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन अनुमति पाएको छ ।

कम्पनीले उक्त हकप्रद निष्काशन पश्चात कायम हुने चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँको फेरी ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको हो ।

कम्पनीले साधारण सभा तथा ३० प्रतिशत हकप्रद प्रयोजनको लागि पुस २१ गते बुकक्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस २० गतेसम्म कायम शेयरधनी मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन सकिनेछन् ।

संम्बन्धित समचार

Leave a Comment