काँग्रेस केन्द्रीय कार्यसमिति बैठकका चार निर्णय

पुस १०, काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठकले चारवटा निर्णय गरेको छ । पार्टी कार्यालयमा बसेको बैठकपछि महामन्त्री गगन थापाले बैठकले चारवटा निर्णय भएको जानकारी दिए ।

महामन्त्री थापाका अनुसार बैठकले महाधिवेशनपछिको अवस्थामा पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने संकल्प गरेको छ । पार्टीको महाधिवेशन सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिने निर्णय बैठकले गरेको थापाले बताए । राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय बैठकले गरेको महामन्त्री थापाले बताए ।

उनका अनुसार बैठकले निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

संम्बन्धित समचार

Leave a Comment