यी हुन् जिराको फाइदाहरु ! कसरी प्रयोग गर्ने ?

पुस १७,काठमाडौँ । हामीले दैनिकजसो भान्सामा तरकारी पकाउँदा मात्र स्वादको लागि जिरोलाई प्रयोगमा ल्याइरहेका छौं । स्वास्थ्य लाभको लागि जिराले औषधीको काम पनि गर्न सक्ने बारेमा धेरै मानिसलाई थाहा रहेको हुँदैन ।

आज हामी जिराको औषधिय गुण के के हुन् भन्ने बारेमा चर्चा गरेका छौं । जिराले कसरी स्वास्थ्यलाई फाइदा गर्छ भन्ने कुरालाई अध्ययन गरौं ।

यी हुन् जिराको फाइदाहरु

पिसाब रोग र पत्थरी भएमा

जीराको धूलो र काल्चि मिस्रीको धूलो बराबर मिसाएर बिहान्बेलुका ११ चम्चा पानीसँग खाने गर्नाले पत्थरी हुन लागेको वा पिसाब सम्बन्धी रोग ठिक हुन्छ ।

अमलपित्त भएमा

जिराको धूलो, धनियाँ गेडाको धूलो र काल्चि मिस्री बराबर मिसाएर १्१ चम्चा बिहान्बेलुका पानीसँग खानाले अमलपित्त समन हुन्छ ।

शूल उठेमा, धेरै दिसा लागेमा

जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १–१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३–४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दिसा धेरै लागेको ठीक हुन्छ ।

आँखा पोलेमा, बिजाएमा वा रातो भएमा

जिरा पानी पकाएर मनतातो पारी कपडा भिजाएर सेक्ने गरेमा ठीक हुन्छ ।

ज्वरो आएमा

जीरापानी पकाएर सखर हालेर चियाझै दिनमा ३–४ पटक खाएमा ज्वरो चट्टै जान्छ ।

कुनैपनि साधारण दुखाईमा

जिरालाई पानीमा पिनेर लेप लगाउने र तताएर दुखेको ठाउँमा लेप गर्नाले ठीक हुन्छ ।

अण्डकोष बढेमा

यस प्रकारको रोगमा जिरा र मरिच पानीमा पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठिक हुँदै जान्छ ।

स्त्रीको सेतोपानी आउने रोगमा

जिरा र मिस्री बराबर मिसाएर धूलो पार्ने र चौलानी पानीसँग १–१ चम्चा बिहान–बेलुका खाने गरेमा ठीक हुन्छ ।

अजीर्ण खाएको नपच्ने भएमा

छोकडा, मरिच, सिदेनूनको, मुनक्का दाख र जीरा बराबर पिनेर कागति हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहान र बेलुका खाना खानु अगाडि १्१ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।

मुखमा पोतो वा दाग आएमा

जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ ।

रुघाखोकीको ज्वरोमा

एक टुक्रा दालचिनी एक चिम्टी सुठोको धूलो ५ वटा ल्वाङ, आधा चम्चा जीरा हालेर बेसरी उमालेर दिनमा तीन पटक काँडा बनाएर पिउने गरेमा ठिक हुन्छ ।

संम्बन्धित समचार

Leave a Comment