कोरोना सङ्क्रमण दर बढ्दै, एकै दिनमा ११ सय ६७ जनामा पुष्टि

पुस २५, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार एक सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी १२ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा नौ दशमलव २३ प्रतिशत अर्थात् एक हजार एक सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ सय १५ जना काठमाण्डौ उपत्यकाका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय २४ जना कोरोना सङ्क्रमित निको भएका छन् । यही अवधिमा दुई जनाले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा ६ हजार सात सय ५५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा ४५ हजार चार सय ९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Comment