फ्रेन्च कपबाट बाहिरियो पिएसजी

माघ १८, काठमाडौँ । पेरिस सेन्ट जर्मेइन (पिएसजी) फ्रेन्च कपको अन्तिम १६ बाटै बाहिरिएको छ । सोमबार भएको खेलमा नाइससँग पेनाल्टी सुटआउटमा पिएसजी पराजित भएको हो ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जहाँ ६-५ ले नाइसले खेल आफ्नो पक्षमा पार्‍यो ।

क्वाटरफाइनल पुगेको नाइस भने अब सेमिफाइनल प्रवेशका लागि मार्सेलीसँग प्रतिस्पर्धा गर्नेछ । हारले भने पिएसजीलाई धक्का लागेको छ । पोचिटिन्होले लियोनेल मेसीसहितको बलियो टिम उतारे पनि सफल हुन सकेनन् ।

संम्बन्धित समचार

Leave a Comment