प्रतिनिधिसभा बैठक बस्दै, एमसीसीमाथि छलफल हुने

फागुन १५, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौतासम्बन्धी प्रस्तावबारे छलफल प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी प्रस्तावमा सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ । त्यसैगरी बैठकको कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूचीसमेत रहेको छ ।

फागुन ८ गते एमसीसी अनुमोदनका लागि संसदमा टेबल भएको थियो । त्यसपछि प्रतिनिधि सभा बैठक नै बस्न सकेको छैन ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । बैठक आज बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

संम्बन्धित समचार

Leave a Comment