प्रतिनिधिसभा बैठक बस्दै, एमालेले अबरोध जारी राख्ने

फागुन २२, काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज आइतबार बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्ने तय छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन, आ. व. २०७७/७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । बैठक साढे ११ बजे बस्नेछ ।

आजको प्रतिनिधिसभा बैठकमा एमालेले भने अवरोध कायमै राख्ने जनाएको छ । एमालेले कारवाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै संसदमा अवरोध गर्दै आएको छ ।

संम्बन्धित समचार

Leave a Comment