एमालेले देशको अर्थतन्त्रबारे आधिकारिक धारणा सार्वजनिक गर्दै

चैत २७, काठमाडौं । नेकपा एमालेले नेपालको पछिल्लो आर्थिक अवस्थाबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । आज आइतबार होटेल हिमालयमा दिउँसो १२ः३० बजे पत्रकार सम्मेलन गरि धारणा सार्वजनिक गर्न लागेको हो ।

एकालेले तीनजना पूर्वअर्थमन्त्रीहरूको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरि देशको आर्थिक अवस्थाबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार वर्तमान सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर ‘बलिको बोको’ बनाएको बताएका थिए । उनले अर्थमन्त्रीको यो निर्णय निन्दनीय भएको टिप्पणी गरेका थिए ।

सरकारले गत शुक्रबार गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो ।

संम्बन्धित समचार

Leave a Comment