महानगरका उम्मेदवार टुंग्याउन एमाले केन्द्रीय सचिवालय बैठक बस्दै

बैशाख ८, काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

आजको बैठकमा स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल हुने प्रचार विभाग उपप्रमुख रिजालले जानकारी दिए । महानगर र उपमहानगरको उम्मेदवार आजै टुंगो लगाउने एमालेको तयारी छ ।

केन्द्रीय सचिवालय बैठकभन्दा अगाडि एमालेको केन्द्रीय सल्लाहकार परिषदको बैठक पनि बस्दै छ । सल्लाहकार परिषदको बैठक बिहान ११ बजे ए वान पार्टी प्यालेस शंखमुलमा बस्ने रिजालले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Comment