थप १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

बैशाख १६,काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार सात सय ७१ जनाको नमुना परीक्षण गर्दा १४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप १९ जना निको भएसँगै कोरोना सङ्क्रमणका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय ४३ जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

यसैबीच थप दुई लाख नौ हजार ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Comment