गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन पार्टी र सरकारको पुर्ण साथ रहन्छ : अध्यक्ष प्रचण्ड

पौष ११, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड) ले शुक्रबार भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय किक्रेट रंगशालाको स्थलगत निरिक्षण गरेका छन् । स्थलगत अवलोकन पछि अध्यक्ष प्रचण्डले रंगशाला निर्माणको कामले गति लिएकोले यसलाइ समयमै र गुणस्तरिय निर्माण गर्न धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाइ आग्रह गरेका छन् । ‘यो राष्टिय गौरवको आयोजना हो, यसलाइ सफल बनाउन सम्पूर्ण नेपालीको दायित्व हो’–अध्यक्ष प्रचण्डले भने –‘यो निर्माणको लागि पार्टी र सरकारको तर्फबाट पूर्ण सहयोग रहनेछ ।’ उनले रंगशालाको काम के कस्तो भईरहेको होला, कसरी अगाडी…

पुरा पढ्नुहाेस्

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागत : ५ गुणा बढी खर्च, ३५ अर्ब रुपैयाँ पुग्ने

असार ९,काठमाडौँ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागत ३५ अर्ब रुपैयाँ पुग्ने भएको छ। साढे ७ अर्ब रुपैयाँ मात्रै लागत तय गरेर ठेक्का गरिएको भए पनि त्योभन्दा ५ गुणा बढी खर्च हुने देखिएको छ। विमानस्थल निर्माणभन्दा तीन गुणाबढी रकम जग्गा अधिग्रहणमा लागेकाले लागत बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। जग्गा अधिग्रहणलाई विमानस्थलको भौतिक पूर्वाधारसँग नजोडिएकाले पनि यसलाई एकमुष्ट खर्चमा देखाउँदा भने विमानस्थल निर्माणमा ठूलो रकम खर्च भएको प्राधिकरणको भनाइ छ। विमानस्थल निर्माण र पछिल्लो समय लागेको प्राविधिक कामको ठेक्कासमेत गरेर करिब साढे ७ अर्ब छुट्टयाइएको छ। २३…

पुरा पढ्नुहाेस्

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मा लिने जर्मन सरकारको चाहना

फागुन २०,काठमाडौँ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग मित्रराष्ट्र जर्मनीका महामहिम राजदूत रोल्यान्ड स्याफरसहितको एक टोलीले आइतबार भेट गरेको छ । भेटका क्रममा राजदूत रोल्यान्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र व्यवस्थापनमा जर्मनीको इच्छा रहेको जानकारी दिए । भेटमा राजदूत स्केफरले जर्मनीको सहयोग र लगानी प्रदेशको प्राथमिकताका आधारमा गर्न चाहेको बताए । उनले लगानीका लागि प्राथमिकताका क्षेत्र, अनुकूल कानुनी वातावरण, तालिमप्राप्त जनशक्तिलगायतका विषयमा जिज्ञासा राखेका थिए । भेटमा टोलीले प्रदेश सरकारका प्राथमिकता, हालसम्म भएका काम र सहयोगका क्षेत्रबारे जानकारी लिएको छ ।

पुरा पढ्नुहाेस्

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पिच गर्ने कार्य सुरु

कात्तिक १४, काठमाडौं । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने कार्य सुरु भएको छ । मंगलबार भैरहवामा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थल धावनमार्ग कालोपत्र गर्ने कार्यको शुभारम्भ गरे । तीन किलोमिटर दूरीको धावनमार्ग मौसमले साथ दिए चार महिनाभित्र कालोपत्र सम्पन्न हुने जनाइएको छ । धावनमार्गमा कालोपत्र र लाइटिङको काममात्र बाँकी रहेको आयोजनाका निमित्त प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । निर्माण कम्पनीले भने धावनमार्गका लागि ८० प्रतिशत नदीजन्य पदार्थलगायत अरु सामग्री भन्डारण गरेकाले समयअघि नै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । धावनमार्ग सम्पन्न भएलगत्तै आन्तरिकतर्फका…

पुरा पढ्नुहाेस्