फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, निगम भने २ अर्ब घाटामै

फागुन ८, काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार रातीबाट लागू हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर रू. ३ का दरले मूल्य बढाएको हो । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर रू. १४५ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रू. १२८ पुगेको छ । हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ । १८ माघमा मात्रै मुल्य बृद्धि गरेको सरकारले तीन हप्ता नपुग्दै इन्धनको भाउ बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले स्थानीय बजारमा पनि विक्री मूल्य बढाउनुपरेको निगमले जनाएको छ ।…

पुरा पढ्नुहाेस्

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानबिन गर्न उपसमिति गठन

माघ २६, काठमाडौँ । पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिको छानबिनका लागि सङ्घीय संसद्ले समिति गठन गरेको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले मूल्यवृद्धि छानबिनका लागि तीन सदस्यीय उपसमिति गठन गरेको हो । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरिएको सभापति निरादेवी जैरुले जानकारी दिइन् । उनले भनिन्, ‘निरन्तरको मूल्यवृद्धि मात्र विकल्प जस्तो भएको छ । सरकारले उपभोक्तालाई कसरी राहत दिनसक्छ ? मूल्यवृद्धिलाई नियन्त्रण गर्ने वैकल्पिक उपाय के हुनसक्छ ? भन्ने समेतको सुझाव दिनेगरी उपसमिति गठन भएको छ ।’ उपसमितिमा खेमप्रसाद…

पुरा पढ्नुहाेस्

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो, निगम भने घाटामै

पुस ३, काठमाडौं । पछिल्ला केही दिनयता अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमलाई राहत मिलेको छ । एक महीना अगाडिसम्म पाक्षिक रू. साढे दुई अर्ब नोक्सानी व्यहोर्दै आएको निगमलाई इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट बिहीवार प्राप्त नयाँ खरीद मूल्यअनुसार अब पाक्षिकरुपमा रू. एक अर्ब ५७ करोड घाटा हुनेछ । पछिल्लो पटक आइओसीबाट यही पुस १ गते प्राप्त नयाँ खरीद मूल्यअनुसार निगमलाई अझै पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ४४ पैसा, डिलेलमा प्रतिलिटर दुई रुपैयाँ ९२ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिण्डर ७५८ रुपैयाँ २५ पैसा घाटा रहेको…

पुरा पढ्नुहाेस्

फेरी बढ्यो इन्धनको मुल्य, निगम भने अझै घाटामै

कार्तिक १३, काठमाडौँ । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शुक्रबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकोले घाटा कम गर्न निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको रु. १३३ कायम गरेको छ । त्यसैगरी डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु. तीनले बढेर रु.११६ पुगेको छ । आन्तरिक तथा बाहृय हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर रू. १० ले वृद्धि गरी आन्तरिक हवाई…

पुरा पढ्नुहाेस्

पेट्रोलियम पदार्थको मूल्य वृद्धिले आयल निगमको घाटा चुलियो

कार्तिक ०२,काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै कारोबारको एकाधिकार पाएको नेपाल आयल निगमको घाटा चुलिएको छ । विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ । सोमबारमात्रै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५दशमलव ५८ अमेरिकी डलर पुगेको छ । पछिल्लो पटक अक्टोबर १६ मा इण्डियन आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्य सूचीअनु्सार निगमको घाटा थप बढ्ने देखिएको छ । गत असोज ३० गते आइओसीबाट प्राप्त खरिद मूल्यअनुसार निगमको पाक्षिक घाटा रु दुई अर्ब २२ करोड नाघ्ने प्रक्षेपण गरिएको…

पुरा पढ्नुहाेस्

चाडपर्वको बेला पेट्रोलियम पदार्थको अभाव नहुने

असोज २०, काठमाडौँ । चाडपर्वको बेला बजारमा पेट्रोलियम पदार्थको अभाव नहुने भएको छ । नेपाल आयल निगमले इन्धनको आपूर्ति नियमित रूपमा भइरहेको र पर्याप्त मात्रामा मौज्दात भएकाले अभाव नहुने बताएको हो । चाडपर्वको बेला मानिसको आवतजावत धेरै हुने भएकाले पनि इन्धनको खपत धेरै हुने गरेको छ । निगम प्रवक्ता वीनितमणि उपाध्यायले इन्धनको मौज्दात पर्याप्त रहेकाले चाडपर्वको बेला अभाव नहुने बताए । कुल भण्डारण क्षमताको ९० प्रतिशत मौज्दात रहेको र आपूर्तिमा कुनै अवरोध नभएकाले पनि दसैंमा इन्धन अभाव नहुने उनको भनाइ छ । धेरै मानिस दशैं मान्नका लागि उपत्यकाबाट गाउँ जाने…

पुरा पढ्नुहाेस्