आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’ हुने

फागुन ६, काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) आज (शुक्रबार)देखि सुरु हुने भएको छ । क्यालिब्रेसन फ्लाइट हुने भएकाले भैरहवा विमानस्थलको उडान शुक्रबार दिनभर ठप्प हुने जनाइएको छ । निर्माणको अन्तिम चरणमा भएको उक्त विमानस्थलको यान्त्रिक परीक्षणका लागि थाइल्याण्डको एरो थाईले उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । क्यालिब्रेसन फ्लाइटका क्रममा बिहान ११ः०० देखि दिउँसो ४ः३० बजेसम्म भैरहवा विमानस्थलको उडान पूर्णरुपमा ठप्प हुने जनाइएको छ । कम उचाइमा जताततै उडेर विमानस्थलमा जडित यन्त्रको परीक्षण गर्नुपर्ने भएकाले जहाजको उडान रोक्नुपरेको प्राधिकरणले जनाएको छ । भैरहवा…

पुरा पढ्नुहाेस्