कोभिडको ‘ओमिक्रोन’ भेरिएन्ट: नेपाल कतिको जोखिममा ?

मंसिर ११, काठमाडौं । दक्षिण अफ्रिकामा हालै भेटिएको कोभिड–१९ को नयाँ (ओमिक्रोन) भेरियन्ट बढी जोखिमपूर्ण भएको वैज्ञानिकहरुले बताएका छन् । अहिलेसम्मकै खतरनाक भेरिएन्ट मानिएको बेला विश्व स्वास्थ्य संगठनले आपतकालीन बैठक बसेर यसलाई ‘भ्यारिएन्ट अफ कन्सर्न’भनेर व्याख्यासमेत गरिसकेको छ । यो भेरियन्ट देखा परेपछि, विश्वका धेरै देशहरूले दक्षिण अफ्रिकाबाट यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । विश्वले दक्षिण अफ्रिकी देशहरूको आवतजावतमा प्रतिबन्ध लगाइसकेको छ । डब्ल्यूएचओले नोभेम्बर २४ मा दक्षिण अफ्रिकाबाट यस प्रकारको पहिलो केसको बारेमा जानकारी प्राप्त गरेको थियो । यसबाहेक, यो भेरियन्ट बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा पनि पहिचान…

पुरा पढ्नुहाेस्