बेलायतमा कोभिडविरुद्धको खाने औषधिलाई प्रयोगको अनुमति

कार्तिक २०, काठमाडौं । बेलायतले कोभिड-१९ विरुद्धको खाने औषधिलाई प्रयोगको अनुमति दिएको छ । अमेरिकी औषधि कम्पनी मर्क एण्ड रिजब्याक बायोथेरापेटिक्सले उत्पादन गरेको खाने औषधिको प्रयोगको अनुमति दिने बेलायत पहिलो राष्ट्र बनेको हो । बेलायतको मेडिसिन एण्ड हेल्थकेयर उत्पादनको नियामक प्राधिकरणले मोलनूपिरावीर नामक औषधिको क्लिनिकल तथ्यांकको आधारमा मान्यता दिएको हो । यो औषधि कोभिड संक्रमण देखिएको वा संक्रमित भएको पाँचदिनभित्र खानुपर्नेछ । मोलनूपिरावीर कोरोना भाइरसविरुद्धको विश्वको पहिलो खाने औषधि हो । अमेरिमा भने औषधि प्रयोगको अझै पनि अनुमति दिइएको छैन । त्यहाँ नोभेम्बर महिनाभित्र प्रयोगको अनुमतिको सन्दर्भमा निर्णय हुने बीबीसीले…

पुरा पढ्नुहाेस्

कोभिडविरुद्ध खाने औषधि ‘मोल्नुपिरभिर’को सफल परीक्षण

असोज १७, एजेन्सी । अमेरिकी एक औषधि उत्पादक कम्पनीले तयार पारिरहेको कोभिडविरुद्धको एउटा खाने औषधिले गम्भीर लक्षण भएका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने नतिजा प्राप्त भएको दाबी गरेको छ । मोल्नुपिरभिर नामक सो खाने चक्कीको अन्तरिम क्लिनिकल परीक्षण परिणाम अन्त्यन्न सकारात्मक रहेको उत्पादक कम्पनी मर्कले जनाएको छ । मोल्नुपिरभिर चक्की कोभिडका बिरामीलाई दिनको दुईपटक दिइएको थियो । परिणाम उत्साहजनक भएकाले बाह्य अनुगमनकर्ताहरूले परीक्षणकाल छोट्याउन अनुरोध गरेको सो कम्पनीले जनाएको छ । मर्कले अमेरिकामा अबको दुई हप्तामा आपतकालीन प्रयोगका लागि अनुमति लिन निवेदन दिने बताएको छ ।…

पुरा पढ्नुहाेस्