चिसो बढ्दै, सतर्कता अपनाउन अनुरोध

पुस ९,काठमाडौँ । देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका मौसमविद् सरोज पुडासैनीले अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि चिसो बढिरहेकाले आवश्यक सर्तकता अपनाउन अनुरोध गर्नुभयो । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ । ‘पश्चिमी वायुको आंशिक प्रभाव छ । केही दिनलाई ठूलो मौसमी प्रणालीको प्रभाव छैन’, मौसमविद् पुडासैनीले भने । आज सोमवार कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक…

पुरा पढ्नुहाेस्

दुई दिनदेखि काठमाडौँको न्यूनतम तापक्रम दुई डिग्रीमा, चिसो बढ्दै

पौष ११, काठमाडौं । काठमाडौँ उपत्यकासहित देशभरको मौसममा बुधबार आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकासहित पहाडी भूभागमा आंशिक बदली हुनुका साथै उच्च पहाडी भूभागमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसमविद मिनकुमार अर्यालले जानकारी दिए । मंगलबार दुई डिग्रीमा झरेको काठमाडौँको न्यूनतम तापक्रम बुधबार पनि २ डिग्री सेल्सियस नै मापन गरिएको छ । अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसको आसपासमा रहने मौसमविद अर्यालले बताए । उनले काठमाडौँसहितका क्षेत्रमा आज पारिलो घाम नलाग्ने भएकोले चिसो धेरै महसुस हुन सक्ने बताए ।

पुरा पढ्नुहाेस्

चिसो बढ्दै, काठमाडौंको तापक्रम ६ डिग्री !

मंसिर २, काठमाडौं । तापक्रम घट्दै गएपछि चिसो बढ्दै छ । आइतबार बिहानको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार बिहान ६ दशमलव ३ डिग्री रहेको काठमाडौं उपत्यकाको तापक्रम पौने ९ बजेपछि ६ डिग्रीमा झरेको थियो । अहिले काठमाडौँ उपत्यकाको मौसम सफा छ । बिहान केही ठाउँमा हल्का कुहिरो लागेपनि अहिले भने उपत्यकाका धेरैजसो ठाउँमा घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले पश्चिमका केही जिल्लामा हल्का पानी पर्नसक्ने र हिमाली जिल्लामा हिमपात हुनसक्ने सम्भावना रहेको मौमसविद शान्ति कँडेलले जानकारी दिए । पश्चिमी वायुको…

पुरा पढ्नुहाेस्