चैत २५ देखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

चैत १४, काठमाडौँ । सरकारले १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार टाइफाइड विरुद्धको एक डोज खोप चैत २५ गतेदेखि १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाले लगाउने भएको हो । खोप अभियान आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म सञ्चालन हुनेछ । खोप लगाउने मिति, निश्चित स्थानको बारेमा बुझ्न नजिकैको वडा कार्यालय र विद्यालयमा बुझ्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । त्यस्तै, यस खोप अभियान पश्चात नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गरिन्छ । महिना पुगेका सबै बालबालिकालाई एक डोज खोप प्रदान गरिन्छ…

पुरा पढ्नुहाेस्