प्रधानमन्त्री ओली अस्पताल भर्ना, स्वास्थ्य स्थिति सामान्य

चैत्र १४,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । बिहीबार रातिदेखि शरीरमा असहज महसुस भएकाले प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको स्रोतले बतायो । प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले बताएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ । दुई दिन अघि बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले करिब ४ घण्टा बिताएका थिए । २१ फागुनमा प्रधानमन्त्री ओलीको शरीरमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज ! भेटघाट र बाहिर हिँडडुल गर्न नमिल्ने

फागुन ३०,काठमाडौँ । मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी स्वास्थ्य लाभपछि शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्किएका छन् । उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । त्यसैले डिस्चार्ज गरेका हौं’ अस्पतालका कार्यकारी निर्देशन प्रा. डा. प्रेमकृष्ण खड्गाले भने । अस्पतालबाट बाहिरिने क्रममा उनलाई चिकित्सकहरुले समाएर गाडीसम्म ल्याएका थिए । गाडी चढ्नुअघि प्रधानमन्त्री ओलीले हाँसेर हात हल्लाएका थिए । चिकित्सकहरुकाअनुसार बालुवाटार फर्किएपनि प्रधानमन्त्री चिकित्सकको प्रत्यक्ष निगरानीमा हुनेछन् । सामान्य त एक सातमा नै फलोअपका लागि अस्पताल आउनुपर्ने हो तर प्रत्यारोपणमा संलग्न…

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

कार्तिक १६,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या आएपछि ओली कात्तिक १२ गते विहान साढे ४ बजे शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । ओली पूर्ण स्वास्थ्य लाभ गरेर शुक्रबार साँझ सरकारी निवास वालुवाटार फर्किएका उनको सचिवालयले जनाएको छ । छातीमा संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

पुरा पढ्नुहाेस्