‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश नेपाल हो’ : प्रधानमन्त्री प्रचण्ड

माघ १, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान भएको बताएका छन् । थारू र मगर समुदायको चाड माघी तथा माघेसङ्क्रान्ति मकर सङ्क्रान्तिको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएको स्पष्ट पारेका छन् । ‘ नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरू रहेका छन् । यी चाडपर्वहरूले नयाँ उमंग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । भौगोलिक, जातीय र सांस्कृतिक विविधता…

पुरा पढ्नुहाेस्