नेपालमा खेर गइरहेको बिजुली बंगलादेशले किन्ने

मंसिर २९, काठमाडौं । नेपालमा हाल खेर गइरहेको बिजुली बंगलादेशले खरिद गर्ने भएको छ । नेपालका निजी क्षेत्रसँग दीर्घकालीन विद्युत खरिद सम्झौता ९पिपिए० गर्न समेत बंगलादेशले गृहकार्य अघि बढाउने भएको छ । बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघ (सीएनआइ) को प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले नेपालमा उत्पादन हुने विद्युत आउँदो वर्षबाटै खरिद गर्ने बताएका हुन् । उपयुक्त बजार व्यवस्थापन हुन नसक्दा गएको वर्षायाममा करिब ५ अर्ब रूपैयाँ बराबरको ५ सय मेगावाट विद्युत खेर गएको थियो । पर्याप्त प्रसारणलाइन र आन्तरिक एवम् बाह्य बजारको अभावका कारण उत्पादित विद्युत खेर…

पुरा पढ्नुहाेस्

ऊर्जा सहसचिवस्तरीय बैठकः संयुक्त लगानीमा जलविद्युत् आयोजना निर्माणको प्रस्ताव

भदौ २९, काठमाडौँ । नेपाल र बंगलादेशका सहसचिवस्तरीय बैठकले प्रस्तावित दुई ठूला आयोजनामध्ये एक परियोजनालाई संयुक्त लगानीमा निर्माणका लागि प्रस्ताव गरेको छ । बंगलादेशले सन् २०४० सम्म नेपालबाट कूल नौ हजार मेगावाट बिजुली लैजान चाहेको छ । बढ्दो ऊर्जाको माग सम्बोधन गर्न स्रोतको खोजीमा रहेका बंगलादेशले नेपालसँग सरकारी र निजी दुवै क्षेत्रमा सहकार्य गरेर लगानी गर्न चाहेको छ । दुई देशका ऊर्जा सहसचिवहरूको संयुक्त कार्य समूह (ज्वाइन्ट वर्किङ ग्रुप)को बैठकले खिम्ती शिवालय र सुनकोशी तेस्रो जलविद्यसत् आयोजनामध्ये कुनै एक आयोजना संयुक्त रूमपा निर्माणका लागि सिफारिश गर्ने निर्णय गरेको छ ।…

पुरा पढ्नुहाेस्