मन्त्रीमण्डल पुनर्गठनको चर्चा : सुभाष नेम्बाङ र महेश बस्नेतको सम्भावना कति ? अर्थमन्त्री को होलान् !

फाल्गुण १०, काठमाण्डौ । सेक्युरीटी प्रेस खरिदमा कमिसन काण्ड लागेपछि प्रधानमन्त्रीका विश्वास पात्र गोकुल बास्कोटाले राजीनामा दिएपछि २ वटा मन्त्रालय अहिले खाली रहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र शहरी विकास मन्त्रालयको दोहोरो जिम्मेवारी सम्हालिरहेका बास्कोटा घर फर्किएसँगै यी दुबै मन्त्रालय खाली भएका हुन् । यद्यपी अहिलेका लागि सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा युवराज खतिवडा र शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङले सम्मालिरहेका छन् । यसैबीच फागुन २० गते अर्थमन्त्री डा युवराज खतिवडाको राष्ट्रिय सभाको कार्यकाल पनि सकिँदैछ । यहि बिचीमा राष्ट्रिय…

पुरा पढ्नुहाेस्

मन्त्रीमण्डल पुनर्गठनको अन्तिम तयारी : ८ जना मन्त्री हेरफेर गरिदै ! को आउट ? को ईन ?

आश्विन २८,काठमाडौँ । सरकारको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने भएका छन् । सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कम्तिमा पनि ६ जना मन्त्रीलाई हटाउने गरी मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको भनेर अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई जानकारी गराएका छन् । सोमबार बिहान बालुवाटारमा भएको छलफलका क्रममा ओलीले प्रचण्डलाई मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको जनाएका हुन् । नेकपा सचिवालयले मन्त्रीमण्डल पुनर्गठनबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री ओलीलाई नै दिएको थियो । सोमबार बिहान बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले बर्खास्तीमा पर्ने भनेर ८ जना मन्त्रीको नाम पढेर…

पुरा पढ्नुहाेस्

मन्त्रीमण्डल पुनर्गठनको तयारी तिव्र ! नेताहरु छुट्टाछुट्टै छलफलमा

साउन १२,काठमाडौँ । सरकार गठन भएको सत्र महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाएका छन् । सरकारका मन्त्रीहरुको काम प्रभावकारी नभएको आलोचना र गुनासो बढेपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा प्रधानमन्त्री ओली लागेका हुन् । सरकारको कामलाई प्रभावकारी बनाउन र परिणाम देखाउने गरी काम गर्न मन्त्रीमण्डल फेर्नुपर्ने पार्टी्भित्रबाटै दबाब बढेपछि एक दुई सातादेखि उनले पार्टीका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरेका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीका सचिवालयको एक सदस्यका अनुसार मन्त्रीमण्डल पुनर्गठन गर्न पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल, सचिवालय…

पुरा पढ्नुहाेस्