हुम्लाबाट फर्केपछि निधिले भने: चीनले पिल्लर सारेर नेपालको भूमि अतिक्रमण गरेको छ

कात्तिक ८,काठमाडौँ । असोज २४ मा हुम्लाको सिमिकोट पुगेका पूर्व गृहमन्त्री बिमलेन्द्र निधि कात्तिक १ मा काठमाडौँ फर्किएका थिए । हुम्लामा सात दिन बसेका निधिले असोज २७ मा कैलाश र मानसरोवरको दूर दर्शन गरेका थिए । भ्रमणको अवसरमा उनले हिल्सा बोर्डरमा स्थानीय बासिन्दाले भोग्नु परेको समस्या र सीमा क्षेत्रको सुरक्षाका लागि सरकारले गर्नुपर्ने कामहरूको बारेमा जानकारी लिएका थिए । निधिले प्रमुख जिल्ला अधिकारी, सीमा सुरक्षा बलमा खटिएका प्रहरी अधिकृत र अन्य सरकारी अधिकारीहरूसँग सीमा विवादबारे छलफल गरेका थिए । हिल्साको सीमा क्षेत्रमा चीनको तर्फबाट नेपाली भूमिमा लगाइएको तारबार हटाई सीमा…

पुरा पढ्नुहाेस्

चीनसँगको सीमा अध्ययन टोली सिमकोटमा

भदौ २७, काठमाडौँ । नेपाल–चीनबीच विवाद हुँदै आएको हुम्लाको उत्तरी नाकाको सीमा अध्ययन गर्न गठन गरिएको अध्ययन टोली सिमकोट आइपुगेको छ । उक्त टोली शनिबार सिमकोट आइपुगेको हो । टोलीले चीनसँग जोडिएका हुम्लाका १५ वटा सीमास्तभमध्ये १३ वटा सीमास्तम्भको अध्ययन गर्ने भएको छ । मौसमले साथ दिएमा १५ वटै स्तम्भको अध्ययन गरिने तर मौसमले साथ नदिएमा १३ वटा मात्रै स्तम्भको अध्ययन गरिने प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले बताए । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्य नेतृत्वसहितको सात जनाको टोली हुम्ला पुगेको हो । टोलीमा सहसचिव आचार्य, नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोल…

पुरा पढ्नुहाेस्

हुम्लाको स्वास्थ्यचौकीमा कर्मचारीविहीन

फागुन २ हुम्ला । हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं २ रिपस्थित रिप स्वास्थ्यचौकी एक महिनादेखि स्वास्थ्यकर्मी विहीन बनेको छ । सात कर्मचारीको दरबन्दी रहेको स्वास्थ्यचौकीमा तीन कर्मचारी भए पनि सबै आआफ्ना कामले जिल्ला बाहिर जाँदा गाउँमा बिरामीलाई सास्ती भएको छ । एकएक इञ्चार्ज, अनमी र कार्यालय सहयोगी भए पनि सबै आफ्नो निजी काममा जिल्ला बाहिर गएकाले पन्छिन खोजेको स्थानीयवासी भीषण कार्कीले बताए । एक महिनादेखि बन्दस्वास्थ्यचौकीमा कार्यालय सहयोगी समेत नहुँदा बन्दको बन्दै छ । गाउँमा सामान्य बिरामी हुँदा सिटामोल दिने स्वास्थ्यकर्मीसमेत नभेटिने गरेको स्थानीयवासीले गुनासो गरेका छन् ।…

पुरा पढ्नुहाेस्

हुम्ला, कास्की र गोरखामा पहिलोपटक भेटिए कोरोना संक्रमित

जेठ २४, काठामडौं । कोरोना संक्रमण ६८ जिल्लामा फैलिएको छ । शुक्रबार कर्णाली प्रदेशको हुम्ला, गण्डकी प्रदेशको गोरखाा र कास्की थपिएका छन् । हालसम्म कुल २९ सय १२ जना संक्रमित पुगेका छन् भने ११ जनाले ज्यान गुमाएका छन् । सुर्खेतमा शुक्रबार एक जनाले ज्यान गुमाएका छन् । शुक्रबारमात्र २ सय ७८ जना थपिएका छन् । कर्णाली प्रदेशमा मात्र एक सय जना थपिएका छन् ।

पुरा पढ्नुहाेस्