सुमार्गीको सम्पत्ति शंकास्पद, बैंकबाट निकालेको दुई अर्ब फिर्ता गर्न सर्वाेच्चको आदेश

पौष २७, काठमाडौं । सर्वाेच्च अदालतले अजयराज सुमार्गीलाई बैंकबाट झिकेको रकम फिर्ता गर्न आदेश दिएको छ।

सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगका नाममा बैंकमा जम्मा भएको रकम शंकास्पद देखिएको जनाउँदै रकम बैंकमा फिर्ता गर्न सर्वाेच्चले आदेश दिएको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलासले यसअघि भएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै सम्पत्ति शुद्धीकरण

ऐनअन्तर्गत अनुसन्धान गर्नुपर्ने देखिएकाले बैंकबाट झिकिएको रकम फिर्ता लिन नेपाल राष्ट्र बैंक र इन्भेस्टमेन्ट बैंकलाई आदेश दिएको छ।

यसअघि दीपकराज जोशीको एकल इजलासले अल्पकालीन आदेश दिँदै रकम झिक्ने अनुमति दिएको थियो।

सुमार्गीले ९ लाख ९९ हजार ९ सय ८९ अमेरिक डलर बैंकमा जम्मा गरेका थिए। उनले विदेशबाट ऋण ल्याएको भन्दै रकम झिक्न पाउनुपर्ने माग गरेका थिए। जोशीले दिएको अल्पकालीन अन्तरिम आदेशमा टेकेर सुमार्गीले साढे दुई अर्ब रकम झिकेका थिए।

संम्बन्धित समचार

Leave a Reply