आजको मौसम : स्थानीय वायुको प्रभावले देशका केहि स्थानमा पानी पर्ने सम्भावना

फाल्गुण २०, काठमाडौं । स्थानीय वायुको प्रभावले देशका केहि स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशको पुर्वी तथा मध्य पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली र पश्चिमी पहाडी भूभाग आंशिक बदली रहने भएको हो ।

महाशाखाले जारी गरेको सूचना अनुसार तराई भू(भाग सामान्यतय सफा रहने छ । मध्य तथा पुर्वी पहाडी भूभागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

आज राती पुर्वी तथा मध्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भूभाग आंशिक बदली रहने महाशाखाले जनाएको छ । पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन अनुरोध गरिएको छ ।

संम्बन्धित समचार

Leave a Reply