पाँचौं दिन पनि भेटिएनन् कोरोना भाइरसका नयाँ संक्रमित !

चैत्र २७, काठमाडौं । लगातार पाँचौं दिन कोरोना भाइरसको नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ संक्रमित नदेखिएको जानकारी दिएका हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार बिहीबार दिउँसोसम्म जम्मा २ हजार ८ सय ९५ को स्वाबको नमूना परीक्षण गरिएको छ । प्रवक्ता देवकोटका अनुसार राष्ट्रिय प्रयोगशाला २ हजार ३ सय ८३ र उपत्यकाबाहिर ५ सय १३ को गरी जम्मा २८ सय ९५ परिक्षण भएको छ । १ सय ९३ को परीक्षण भइरहेको छ ।

यसैगरी कैलाली र कञ्चनपुरबाट संकलन गरिएको ६६ वटा नमुना परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भेटिएन । धनगढी उपमहानगरपालिका–५ मा स्थानीयमा पनि संक्रमण देखिएपछि सरकारले क्वारेन्टाइनमा रहेका एक सय ९८ जनाको नमूना संकलन गरेर काठमाडौं ल्याएको थियो । नेपालमा हालसम्म ९ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये १ जना निको भइसकेका छन् । अस्पतालमा उपचाररत ८ जनाको अवस्था पनि सामान्य रहेको डा देवकोटाले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply