डा. केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग

असोज २, काठमाण्डौ । नेपाल चिकित्सक संघले पाँच दिनदेखि जुम्लामा अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ। संघले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले डा केसीको अनशनलाई गम्भीर रूपमा मनन् गरि उनका जायज माग सम्बोधन र जीवन रक्षा गर्न माग गरेको हो ।

संघले डा केसीको अनशनमा सरकारले अहिलेसम्म कुनै चासो व्यक्त नगरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । डा केसीले २९ भदौदेखि जुम्लाको चन्दननाथ नगरपालिका(६ रानीचौरस्थित बाबिरा मष्ट मन्दिरमा १९औँ अनशन शुरू गरेका थिए ।

 

संम्बन्धित समचार

Leave a Reply