भारतमा कोरोनाबाट १ लाख २८ हजारभन्दा बढीको मृत्यु

कार्तिक २७, काठमाण्डौ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५४९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २८ हजार १६४ पुगेको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४८ हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप ४८ हजार २८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८६ लाख ८४ हजार ३९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८० लाख ६४ हजार ५४८ जना संक्रमणमुक्त भएका छन् ।

 

 

संम्बन्धित समचार

Leave a Reply