दाहालविरुद्धको अवहेलना मुद्दाको पेसी सर्‍यो

माघ २१, काठमाडौ । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दाको पेसी सरेको छ । मंगलबार न्यायाधीश मनोज शर्माको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइएको सर्वोच्च अदालतले जनाएको छ । दाहालविरुद्ध सोमबार अधिवक्ता समीर हायूले अदालतको अवहेलनाको निवेदन दर्ता गरेका थिए ।
निवेदनमा दाहालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा विभिन्न सभाहरूमा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको जनाइएको छ । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चको स‌ंवैधानिक इजलासमा केही दिनयता निरन्तर बहस चलिरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply