साउन १४ गतेबाट मैलुङ खोला जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्दै !

साउन ६, काठमाडौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले साउन १४ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

निष्काशन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

संम्बन्धित समचार

Leave a Reply