लगातार घट्दै शेयरबजार: लगानीकर्ता पर्ख र हेरको स्थितीमा !

कात्तिक २८,काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज आइतवार सामान्य घटेको छ । दिनभर उतारचढाव भएको नेप्से बन्द हुने बेलामा एक दशमलव ३८ अङ्कले घटेर दुई हजार ६ सय ८८ दशमलव ९२ विन्दुमा झरेको छ ।

आज बैंक, जलविद्युत्, जीवन बीमा र म्युचल फन्ड समूहको शेयर घटेको छ । अरू समूहको शेयर सामान्य बढेको छ ।

आज दुई सय ३० कम्पनीका ७४ लाख ३४ हजार कित्ता शेयर चार अर्ब नौ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको २७ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज एचआईडीसीएलकोे शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि बोटलर्स नेपाल, तेह्रथुम पावर कम्पनी र मानुषी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

लगातार शेयरबजार घटेपछि लगानीकर्ताको भने मनोबल गिरेको छ । ३२ को हारहारीमा पुगेको नेप्से यतिबेला २६ सयमा झरिसकेको छ । अझै बजार घट्न सक्ने शेयर विश्लेषकहरु बताउछन् । यसले गर्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा पुगेका छन् ।

संम्बन्धित समचार

Leave a Reply