नोभाक जोकोभिच युएस ओपनको फाइनलमा

भदौ २६, काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिच युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । शनिबार बिहान भएको दोस्रो सेमिफाइनलमा जर्मनीका एलेक्सजेन्डर ज्वेरभलाई पराजित गर्दै जोकोभिच फाइनलमा प्रवेश गरेका हुन् । रोमान्चक बनेको खेलको पहिलो सेटमा एलेक्सजेन्डरले ६-४ ले आफ्नो बनाए । तर, त्यसपछिको दुई सेट जोकोभिचले ६-२ र ६-४ ले आफ्नो बनाए । चौंथो सेट एलेक्सजेन्डरले ६-४ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो । पाँचौ सेटमा ६-२ को जित निकाल्दै जोकोभिक उपाधि नजिक पुगेका हुन् । अब जोकोभिचले उपाधिका लागि रुसका डानियल मेदभेदेबसँग खेल्नेछन् । डानियलले…

पुरा पढ्नुहाेस्