सागकी स्वर्ण पदक विजेता सन्जु चौधरीको शव गृहजिल्ला नेपालगञ्ज पठाइने

बैशाख २७, काठमाण्डौ । भारोत्तोलनतर्फ १३औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण पदक विजेता सन्जु चौधरीको शव गृहजिल्ला नेपालगञ्ज पठाइने भएको छ । सन्जुको शव गृहनगर पठाउने नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जानकारी दिए । त्यसअघि घरेलु भूमिमा भएको १३औं सागमा भारोत्तोलनतर्फ ऐतिहासिक स्वर्ण पदक जितेकी सन्जुको शव राष्ट्रिय खेलकुद परिषद् राखेप परिषद्‌मा राखिने श्रेष्ठले बताए । अहिले सन्जुको शव पाटन अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । यसअघि मंगलबार बिहान ललितपुरस्थित लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा सन्जु मृत अवस्थामा भेटिएकी थिइन् । अघिल्लो रात प्रशिक्षक महर्जनको घरमा पार्टी गरेर साथीहरूसँग…

पुरा पढ्नुहाेस्