आफ्ताब आलमलाई जन्मकैदको फैसला

बैशाख १४, काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री आफ्ताब आलमलाई जन्मकैदको सजाय सुनाइएको छ । आज रौतहट जिल्ला अदालतले आलमलाई जन्मकैदको फैसला सुनाएको हो । न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले दुईजनालाई जिउँदै इँटा भट्टामा हालेर ज्यान लिएको आरोपमा दोषी ठहर गर्दै आलमसहित चार जनालाई सजाय सुनाएको हो । जन्मकैद पाउनेमा आलम, उनका भाइ मोहम्मत महताव आलम, शेख सराद र बद्री सहनी छन् । २०६४ चैत २७ गते संविधानसभाको चुनावलाई प्रभावित पार्न रौतहटको साविक राजपुर फरहदवा–४ मा रहेको कांग्रेस उम्मेदवारसमेत रहेका आलमको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो । विस्फोटमा…

पुरा पढ्नुहाेस्

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना, अन्य स्थानमा कति छ ?

बैशाख १४, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ । दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका…

पुरा पढ्नुहाेस्

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति छ ?

बैशाख १४, काठमाडौँ । आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन् २०२४ अप्रिल २६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७१ पैसा र बिक्री दर १४३ रुपैयाँ ३५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४४ पैसा र बिक्री दर १६७ रुपैयाँ १९ पैसा रहेको छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ…

पुरा पढ्नुहाेस्

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी

बैशाख १४, भक्तपुर । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरुहुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । उनले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरे । उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन् । त्यस्तै…

पुरा पढ्नुहाेस्

उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति

बैशाख १३,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकको वैशाख १० गतेको निर्णय र प्रधानमन्त्रीको सोही निर्णयको पत्रका आधारमा सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । वैशाख १५ मा इलामा २ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

पुरा पढ्नुहाेस्

‘कसैले चाहँदैमा बर्तमान सरकार ढल्दैन्’ : नेता पौडेल

बैशाख १३,काठमाडौँ । सत्तारूढ दल नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृवको बर्तमान सरकारको स्थायित्वबारे चलाइएका हल्लामा तरंगित नहुन आग्रह गरेका छन्। अर्थमन्त्री वर्षमान पुनले बुधबार साँझ पूर्वअर्थमन्त्रीहरूसँग बजेटबारे राय–सुझाव लिएका थिए। अर्थमन्त्री पुनलाई कार्यान्वयन हुने खालको सानो आकारको बजेट ल्याउन सुझाव दिएसँगै पौडेलले राजनीतिक अस्थिरता चाहनेहरूले फैलाएको हल्ला निराधार रहेको बताए। संसदमा कुनै दलको एकल बहुमत नरहेको भन्दै पौडेलले कसैले चाहँदैमा सरकार नढल्ने बताए। बजेट निर्माण गर्दै गरेको अर्थमन्त्रीलाई अस्थिरताको त्रास देखाएर तर्साउन खोज्ने विगतदेखिकै प्रवृत्ति भएको पौडेलले स्मरण गरे । ‘सरकार अस्थिर छ भन्ने हल्ला चलाएर…

पुरा पढ्नुहाेस्

राष्ट्रपतिद्धारा हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन

बैशाख १३,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दैे उनले नेपाल विद्युत आयात गर्ने देशबाट विद्युत निर्यात गर्ने देशको रुपमा परिणत हुनु महत्वपुर्ण रहेको बताए । राष्ट्रपति पौडेलले यो सबैको लागि गौरव र खुसीको विषय रहेको उल्लेख गरे । नेपालले १० वर्षभित्र १० हजार मेगावाट विद्युत छिमेकी भारतमा विक्रीको लागि बजार खुला गरिसकेको उल्लेख गर्दै यस क्षेत्रमा थप लगानी हुने विश्वास व्यक्त गरे । ‘सरकारको सहजीकरण र समन्वय तथा निजी क्षेत्रको संलग्नताबाट विद्युत उत्पादनको लागि राखिएका लक्ष्य हसिल…

पुरा पढ्नुहाेस्

पूर्वी चितवनमा आफैँ चढेको बसले ठक्कर दिँदा तीर्थयात्रीको मृत्यु

बैशाख १३, भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एकजना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किदै गरेकी राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट मृत्यु भएको हो । उक्त बसले उनलाई ओर्लने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहाेस्

वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा

बैशाख १३, काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले वेस्ट इन्डिज ‘ए’विरूद्ध टी २० सिरिज खेल्ने टोलीको घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा रहेको क्यानले नेपालले १६ सदस्यीय टोली घोषणा गरेको हो । युवा बलर आकाश चन्द टोलीमा समावेश भएका छन् ।नेपालले विश्वकप तयारीका लागि वेस्ट इन्डिज ‘ए’सँग घरेलु मैदानमा खेल्दै छ। वेस्ट इन्डिज ‘ए’ पहिलो पटक नेपाल आएको हो । वेष्ट इण्डिज ‘ए’ र नेपालबीचको पहिलो खेल टीयु क्रिकेट मैदानमा वैशाख १५ गते हुनेछ । वैशाख १६ मा दोस्रो, १९ गते तेस्रो, २० गते चौथो र २२ गते अन्तिम…

पुरा पढ्नुहाेस्

घट्यो सुन–चाँदीको भाउ, आज तोलाको कतिमा हुँदैछ कारोबार ?

बैशाख १३, काठमाण्डौँ । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको…

पुरा पढ्नुहाेस्